पोखरा, माघ ७ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई राजधानी तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ ।

शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थान्तरण गरी प्रदेश प्रमुखको कार्यालयको तयारी गरिएको क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए । त्यस्तै प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर बिकास प्रशिक्षण केन्द्रमा मर्मत र सरसफाई शुरु भएको छ ।

क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनले प्रदेश प्रमुख, प्रदेश सभा, मुख्यमन्त्रीको कार्यालय, सचिवालय र निवासका लागि विभिन्न स्थानमा सिफारीस गरेपनि तालुकी मन्त्रालयले अपेक्षकृत रुपमा सहयोग नगरेको बुझीएको छ । प्रदेश प्रमुखले सपथ लिएपछि पोखरामा प्रदेश संरचना मर्मत थालिएको छ । प्रदेश प्रमुख बस्ने अध्यागमन कार्यालय र प्रदेशसभाका लागि छुट्याईएको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रमा अहिले धमाधम मर्मत भैरहेको छ ।

प्रदेशसभाका ३६ जना प्रत्यक्ष सांसद रहेको ४ नम्बर प्रदेशमा समानुपातिकमा २४ सांसद चयन भएका छन् । प्रदेश संसद् भवनमा प्रत्यक्षका ३६, समानुपातिकका २४ गरी ६० सांसदसहित पत्रकार, पर्यवेक्षक, विशिष्ट व्यक्ति गरी कम्तिमा डेढ सय जना क्षमताको सभाहलको तयारी भइरहेको छ ।

तस्विर: डिएनए नेपाल डटकम
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो