गण्डक न्युज पोखरा, ७ माघ । सरकारले प्रदेश प्रमुख चयन गरेसँगै प्रदेशका सांसदहरुले सपथ लिँदैछन् । आईतबार विहान ११ बजे प्रदेश सांसदको सपथ खुवाउने कार्यक्रम छ । त्यो भन्दा पहिले प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नेछन् ।
अध्यागमन कार्यालयमा तयार भएको प्रदेश प्रमुख कार्यालयमा प्रमुख बाबुराम कुवँरले पदभार ग्रहण गरेपछि प्रदेशका जेष्ठ सांसदलाई सपथ खुवाउने कार्यक्रम छ । त्यसपछि जेष्ठ सांसदले अरु सांसदहरुलाई प्रदेशसभा कार्यालय नदिपुरमा ११ बजे सपथ ग्रहण गराउनेछन् ।
पोखरालाई चार नम्बर प्रदेशको अस्थाई केन्द्र तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थान्तरण गरी प्रदेश प्रमुखको कार्यालयमा रुपान्तरण गरियो ।

प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर बिकास प्रशिक्षण केन्द्रमा मर्मत र सरसफाई शुरु भएको छ । प्रदेश प्रमुखले सपथ लिएपछि पोखरामा प्रदेश संरचना मर्मत थालिएको छ । प्रदेश प्रमुख बस्ने अध्यागमन कार्यालय र प्रदेशसभाका लागि छुट्याईएको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रमा अहिले धमाधम मर्मत भैरहेको क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु