झापा । सर्वसाधारणको विरोधपछि गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्किने पास दिएको छ । बिहीबार पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए। तर, पास खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। तर गृहले सो निवेदन पनि खारेज गरेको थियो ।
तर, बिहीबार पूर्वराजालाई काठमाडौं आउन पास नदिइएको भन्दै आम नागरिक स्तरमा व्यापक विरोध भएको थियो । सामाजिक सञ्जालमा पूर्वराजा शाहलाई पास नदिइएको भन्दै सरकारको आलोचना भएको थियो ।
यसपछि, शुक्रबार जिल्ला प्रशासन कार्यालयले इमेलमार्फत पुनः गृह मन्त्रालयलमा निवेदन पठाएर पूर्वराजा, पूर्वरानी कोमल शाहसहित पाँच जनाको सवारी पास जारी गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका प्रजिअ रानाले बताए ।
कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा बस्दै आएका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने