पोखरा – विश्वका ५४ देशमा शाखा रहेको ब्यबसायीहरुको साझा संस्था कमन वेल्थ इण्टर्प्रेनर क्लबको नेपाल च्याप्टरमा पोखरा ७ रत्नचोकका रिधिन्द्र गिरि चुनिएका छन् । यो संगै संस्थाले गिरीलाई बिश्वब्यापी समितिको सल्लाहाकार सदस्यमा पनि चुनेको छ । बिश्वभरि १५००० सदस्य रहेको यो क्लबले गरिबी निवारण गर्न अन्तराष्ट्रिय निजि क्षेत्र र सम्बन्धित मुलुकको सरकार संग साझेदारी गरि काम गर्दछ ।
क्लबले पुंजीमा पहुँच, वितरण ,नवीनता, एसएमई वृद्धि र कृषि, पूर्वाधार, ऊर्जा, उत्पादन, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । कमन वेल्थ बेलायतकोको उपनिभेष भएर स्वतन्त्र बनेका राष्ट्रका व्यवसायीको संस्था भए पनि नेपालको गरिबी निवारण र युवा शक्तिलाई स्वदेशमै उत्पादन मुखी बनाउने उदेश्यले नेपाललाइ आमन्त्रित सदस्य बनाएको अध्क्ष्य गिरीले बताए ।
सीई क्लब सग व्यवसायी र सरकारका सयौं विज्ञहरूको अन्तर्राष्ट्रिय नेटवर्क छ जुन रोजगारी सिर्जना गर्न र गरिबी निवारण गर्न सीइ को माध्यमबाट आर्थिक र सामाजिक रुपमा तयार रहेको अध्क्ष्य गिरीले जानकारी दिंदै भने अफ्रिका, एशिया, युन र ईयूका निर्णय निर्माताहरूसँग काम गर्दछौं जसको मध्यम बाट साना र मध्यम उद्यम सहित पूर्वाधार विकास, लगानीका अवसरहरू र व्यापार वृद्धि कसरी गर्ने भन्ने कुरामा कार्यक्रम चालाउछौ ।
हाल जापानमा बसेर आफ्नो ब्यबसाय गर्दै आएका गिरीले तत्कालनै नेपालका केहि समुदायलाइ सहयोग र उत्पादनमुखी ब्यबसायमा लाग्न प्रेरित गरेर आयोजनानै संचालन गर्ने अध्क्ष्य गिरीले बताए । कमन वेल्थ इण्टर्प्रेनरको मुख्य कार्यालय बेलायतको लन्डनमा छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन