गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
किरण श्रेष्ठ, तनहुँ । अत्यावश्यक खाद्यान्न ढुवानी भन्दै दमौलीमा मान्छे ओसारपसार गरेको अवस्थामा जिप भेटिएको छ । शुक्रबार तनहुँको व्यास-६ सांगेबाट दमौली आउने यात्रु लिएर ग १ ज ७३८१ नम्बरको बलेरो जीप दमौली नजिक व्यास-५ कन्टार सम्म मान्छे लिएर आएको हो ।
उक्त जीप नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । ‘जिप नियन्त्रणमा लिएका छौ । डिएसपी लामिछानेले भने ‘लकडाउनको अवधिभर चौकीमै राख्छौ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउन जारी छ तर उक्त लकडाउनको उल्लङ्घन गर्दै यात्रु ओसारेपछि उक्त जीप पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अत्यावश्यक खाद्यान्न ढुवानी लेखेको जिपमा २ बोरा खाद्यान्न लिएर सागेबाट मान्छे ओसारपसार गरेको पाइएको हो ।
जिप चालकले कन्टार सम्म मात्रै भनेपछि उक्त जिपबाट झरेकी एक यात्रु फोनमा भन्दै थिइन ‘कन्टार मै झरे, उता (दमौली बजारमा) चेकिङ्ग छ रे ।’
अलि अलि पैसा आउने लोभका गाउँबाट दमौली सम्म मान्छे लिएर आएको व्यास-५ का वडाअध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
‘गाउँबाट केहि मान्छे लिएर आएको रैछ’ वडाअध्यक्ष श्रेष्ठले भने ‘हामीले थाहा पाएर कन्टारमै यात्रु ओराल्यौ।’ वडाअध्यक्ष श्रेष्ठले भने ‘अबदेखि लकडाउनमा अत्यावश्यक सामाग्री मात्रै ओसारपसार गर्न भनिएको छ ।’
जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ र स्थानिय तहको यसतर्फ ध्यान कम पुगेको देखिन्छ । नाकामा कडाइ नगरे कोरोनाको संक्रमण जिल्ल्ला भित्रिने जोखिम बढ्न सक्ने देखिएको छ ।
भिडीयो हेर्नुस :
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा