विराटनगर – विराटनगरमा ‘मर्निङ वाक’ निस्किएकी बालिका बलात्कृत भएकी छिन्। शनिबार बिहान विराटनगर महानगरपालिका–५ की १४ वर्षीया बालिका घरनजिकै सडकमा हिडिरहेका बेला बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
विराटनगर–४ इक्राहीका २४ वर्षीय वीरेन गडेरी(पाल)ले बालिकालाई अपहरण शैलीमा सडकबाट उठाएर करिब सय मिटर पर रहेको मकै बारीमा लगी बलात्कार गरेको डीएसपी राईले जानकारी दिए।
पीडितलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार सधैंझैं दुई बालिका बिहान ‘मर्निङ वाक’मा निस्किएका थिए। त्यही बेला बाटोमा भेटिएका वीरेनले एक जनालाई उठाउँदै काँधमा हालेर अलि पर पुर्याएर बलात्कार गरेका थिए। कब्जामा लिएर ज्यान मार्ने धम्की दिँदै मुख थुनेर बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन्।
सँगै हिँडिरहेकी साथीलाई उठाएर लगेपछि आत्तिएकी अर्की बालिका चिच्याउँदै घर गएर अभिभावक र छिमेकीलाई घटनाका बारेमा सुनाएकी थिइन्। त्यसपछि बालिकाका अभिभावक र स्थानीय घटनास्थलतर्फ लागेका थिए। बलात्कार गरेपछि बालिकालाई छाडेर भागेका वीरेनलाई स्थानीयले लखेट्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। प्रहरीले पीडकविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको जनाएको छ।
बालिका बलात्कार गर्ने वीरेनका आफन्तले घटनास्थलको मुचुल्का उठाउन प्रहरीलाई अवरोधको प्रयास गरेका थिए। उनीहरुले पीडितका आफन्त र घटनाका प्रत्यक्षदर्शीलाई आक्रमणको प्रयास समेत गरेको डीएसपीले बताए।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष