पोखरा महानगरपालिका वडा नं. १४ निवासी २२ वर्षीय बिमल रानाभाट एक महिनादेखि गायब बने । उनलाई कतै फेला पारिएन । नयाँ वर्षको दिन उनलाई देखिएको थियो । त्यसपछि साथी, छरछिमेक कसैले देखेनन् । घर नबस्ने स्वभावको भएकाले सुरुका केही दिन त परिवारले साथीकहाँ नै होला भन्ठाने, त्यसपछि पनि घरपरिवारको सम्पर्कमा थिएनन् । परिवारका सदस्यले पनि आफन्त, साथीभाइ लगायत उनी जान सक्ने स्थान जताततै खोजीनिधि गरे तर भेटिएनन् ।
एक महिनापछि उनलाई भेटियो तर खाल्डोमा पुरिएको अवस्थामा । कास्की प्रहरीले रानाभाटको शव घर पछाडिको मकै बारीमा गाडिएको अवस्थामा शनिबार निकाल्यो । घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरी विज्ञप्तीमार्फत जानकारी पनि दिएको छ ।
सो घटनामा संलग्न रहेको अभियोगमा पोखरा १४, समिनताराका २१ वर्षीय ज्ञानबहादुर परियारसहित स्थानीय १८ वर्षीय सञ्जय दर्जी, १८ वर्षीय कुमार परियार र बागलुङ गल्कोट घर भइ हाल पोखरा समिनतारा बस्ने वर्ष १९ का सागर परियारलाई नियन्त्रण लिएको जानकारी दिए ।
तीमध्ये मुख्य अभियुक्त ज्ञानबहादुर परियार मृतक रानाभाटकै मिल्ने साथी हुन् । उनीहरु असाध्यै मिल्थे । काम पनि सँगै गर्थे । मितज्यू भनेर एक अर्कालाई सम्बोधन गर्थे । परियारले साथी बिमललाई सधैं आफ्नै घर लैजान्थे । परियार विवाहित थिए । घरमा श्रीमती थिईन् । समयक्रमसँगै बिमल आफ्नी श्रीमतीसँग लसपस गरेको परियारलाई शंका थियो । आफू नभएको बेला धेरै पटक नै बिमल आफ्नी श्रीमतीसँग एउटै बन्द कोठामा भेटिएका थिए । एकै ओछ्यानमा साथी र श्रीमती भेटिएको धेरै नै पटक देखेको छिमेकी समेतको भनाई छ ।
https://youtu.be/8bQfNhfU8KQ
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की स्वयं शव उत्खननका क्रममा घटनास्थल पुगेर निरीक्षण गरेका थिए । ती चारै जना युवकहरुको प्रारम्भिक बयान आधारमा प्रहरीले शनिबार बिहान ८ बजे मृतक रानाभाटको घर पछाडि बारीको डिलमा गाडिएको अवस्थामा सडेगलेको अवस्थामा निकालिएको उनले जनाए ।
आफ्नै साथीलाई घनले हानेर मारी गाडेको भन्ने स्वीकारेपछि बयान आधारमा शव निकाल्न सकिएको प्रहरीले जनाएको छ ।शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
तस्विर/भिडियोः मेरो साथी टिभी
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो