काठमाडौं । नेकपा सांसद कृष्णकुमार (किसान) श्रेष्ठले आफूलाई लागेको सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले प्रमाणित गरे सांसदहरुकै अगाडि आफू झुन्डिन तयार रहेको बताए ।
उनले डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुन्डिन तयार हुनुहुन्छ भन्दै प्रश्न गरे ।
उनले भने– ‘सभामुख महोदय, यहाँ केही हप्ता अगाडि सांसद अपहरणको कुरा आएर म लगायत माननीय महेश बस्नेतको जुन चरित्र हत्या भयो । सम्पूर्ण माननीय ज्यूहरुलाई साक्षी राखेर भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेलाई म चुनौती दिन चाहन्छु, यदि प्रमाणित भयो भने सबै माननीयज्यूहरुको अगाडि झुन्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुन्डिन तयार छन् ?’
सांसदहरु श्रेष्ठ, महेश बस्नेत र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई लकडाउनका बेला जनकपुर पुगेर तत्कालिन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।
उनले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपालको छुटेको भूमी लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने घोषणाले सबै नेपालीलाई खुसी तुल्याएको समेत उल्लेख गरे ।
उनले लामो समयदेखि भारतसँगको सीमा विवाद कुटनीतिक तबरबाट समाधान गर्ने सरकारको निर्णय आफैमा ऐतिहासिक रहेको उल्लेख समेत गरेका छन् ।
उनले सरकारको नीति तथा कार्यक्रम जनताको हितका लागि भएको, जनतालाई राहतको व्यवस्था गरेको, कृषि क्षेत्रको विकास, घरेलु तथा मझौला उद्योगको विकास गर्नेतर्फ केन्द्रीत भएको भन्दै खुसी व्यक्त गरे ।
उनले स्वास्थ्य संस्थाको विकास गर्ने नीतिले सबै नेपालीमा स्वास्थ्य पहुँच पुग्ने अपेक्षा लिएको पनि उल्लेख गरे ।
हेर्नुहोस् भिडियोः
https://www.facebook.com/being.basnet1/videos/1632836223545466/UzpfSTEwMDAwMDQ2MDczMTE2NDo0MDgwODA4NDI4NjExMTQx/
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन