पोखरा । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा सोमबार पोखरा-२७ मा सृजनशिल युबा क्लबले रक्तदान कार्यक्रम गरेको छ ।
लकडाउनका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि क्लबले रक्तदान कार्यक्रम गरेको हो ।
सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस सोसाइटी पोखरा-२७ उपशाखा सँगको सहकार्यमा सो संस्थाले सोमबार कार्यक्रम गरेको हो ।
पोखरा महानगरपालिका वडा न २७ खोलाडिलमा रहेको सिद्धश्वर मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छ्न ।
रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै र यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको क्लबका पुर्ब अध्यक्ष महेश अधिकारीले बताए ।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य सहयोगीलाई धन्यवाद दिदै आउँदा दिनमा पनि सामाजिक कार्य गर्न तत्पर रहेको क्लबका अध्यक्ष निरोज लामिछानेले बताए ।
उक्त कार्यक्रममा क्लबका सल्लाहकार विश्वराज आचार्य, नेपाल रेडक्रस सोसाइटी पोखरा -२७ उपशाखा सचिब तिलकशाली सापकोटा, क्लब पुर्ब उपाध्यक्ष संकल्प सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु