लमजुङका कोरोना पोजेटिभ भनिएका व्यक्ति काठमाडौमा, संक्रमित ३ वर्षीय बालक

लमजुङका कोरोना पोजेटिभ भनिएका व्यक्ति काठमाडौमा, संक्रमित ३ वर्षीय बालक

Corona Positive Kit

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको र उनीहरुमध्ये एक लमजुङका भएको बताएको थियो ।

तर स्थायी ठेगाना लमजुङ जिल्ला भनिएतापनि संक्रमित भने जिल्लामा नरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारीले दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लमजुङ जिल्लाका १ जना भनेपछि जिल्लामा संक्रमित कहाँको भन्ने चासो बढेकाे छ । तर संक्रमित लमजुङ स्थायी घर भएका भए पनि हाल त्यहाँ नरहेको पाइएको छ ।

लमजुङका कोरोना पोजेटिभ भनिएका व्यक्ति काठमाडौं-१६ बनस्थली बस्ने ३ वर्षका बालक रहेकाे जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

प्रजिअ खड्काका अनुसार पीसीआर विधिबाट कोरोना परीक्षण गर्न जिल्लाबाट ६१ नमुना संकलन गरिएको थियो । ती नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पोखरा पठाइएको थियो । सबै ६१ जनाको रिपोर्ट नेगेटिभ आइसकेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । ८ जनाको पोखारामा परिक्षण गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ