तनहुँ । तनहुँको भानु नगरपालिका-१ भन्सारका २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।
पुर्पक्षका लागि थुनामा जाने भानु-६ का १९ वर्षीय राजु अछामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा गत वैशाख ११ गते बिहिबार भानु-१ भन्सारका १९ वर्षीय प्रविण गुरुङ मृत अवस्थामा फेला परेका थिए ।
गुरुङको हत्या अभियोगमा भानु नगरपालिका-५ का वडाध्यक्ष प्रकाश मल्ल (टाईसन) ५० हजार र सोही ठाउँका गोविन्द बहादुर मगरलाई एक लाख धरौटी तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही अभियोगमा ८ जना नाबालक रहेको हुनाले उनीहरलाई बाल सुधार गृहमा पठाउने आदेश जिल्ला अदालत तनहुँले दिएको छ ।
लकडाउन (बन्दीबन्दी) नखुलेसम्म उक्त १० जना नाबालकलाई उनीहरुको संरक्षकको जिम्मा लगाइएको र लकडाउन पछि ८ जना नाबालकलाई सुधारगृह पठाइने जिल्ला अदालत तनहुँका निमित्त श्रेस्तेदार कृष्ण गौतमले जानकारी दिए ।
१६ वर्ष भन्दा कम उमेर भएका २ जना नाबालकलाई भने संरक्षककै जिम्मा लगाइने र सुधारगृह नपठाइने गौतमले गण्डक न्युजलाई जानकारी दिए । अन्य ८ नाबालकको उमेर १६ देखि १७ वर्ष रहेको छ ।
सोही अभियोगका तीन जना दिपक भण्डारी, धन बहादुर घर्ति र अंकित अधिकारीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।
गुरुङको परिवारले वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा भानु-५ का वडाअध्यक्ष प्रकाश मल्ल(टाइसन) सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।
गत मंगलबार (वैशाख ९ गते) राति स्थानीय युवा बीच झडप भएको र उक्त झडप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार(वैशाख ११ गते) दिउसो फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएका थिए ।
वडाध्यक्ष मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि उनले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाएका थिए ।
सामान लिन पवनसँगै उनका साथी दीपक भण्डारी, अंकित अधिकारी र गुरुङ पनि नावरुङ पुगेका थिए ।
नावरुङमा स्थानीयवासी गोविन्द थापा मगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीयवासी युवा र गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि गुरुङ बेपत्ता भएका थिए ।
पोखरा-११ रानीपौवा बस्ने गुरुङ लकडाउनको समयमा दिदिको घर आएका थिए । मृतक गुरुङ कक्षा ११ मा अध्ययनरत थिए ।
यो पनि :
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’