पोखरा । भारतबाट नेपाल आएका बाग्लुङका अलपत्र १६ जनालाई चलचित्र पत्रकार संघ कास्कीले निशुल्क खाना खुवाएको छ ।
दुई दिनदेखि भोकै रहेका उनिहरुलाई पोखरा नेपाल युके फाउन्डेशनको सहयोगमा खाना, जुस, पानी, चाउचाउ उपलब्ध गराइएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराए ।
चलचित्र पत्रकार संघ कास्कीका पुर्व सचिव सुशन घिमिरेले भारतबाट १६ नेपाली बाग्लुङ जान लागेको र उनिहरु दुई दिनदेखि भोकै रहेको जानकारी दिएसङ्गै शनिबार चलचित्र पत्रकार संघले सिम्पानी पुगी खाना दिएको हो ।
“४ दिन लगाएर हामी भारतको हरिद्वारबाट नेपाल प्रवेश गरेउ । बाटोमा पैसा तिरेर खान समेत पाइएन । यस्तो सहयोग त कुरै छाडौ । दुईदिनको भोको पेटलाई पोखरा आएर भर्न पाउँदा निकै राहत मिलेको छ । चलचित्र पत्रकार संघ कास्कीलाई धन्यवाद ।”, भारतबाट आएका एक नेपालीले भने ।
अध्यक्ष गिरीले उनिहरुलाई बागलुङ पुगेर क्वारेन्टाइनमा बस्न र सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्न सुझाए ।
उनले महामारीका बेला आपतमा परेका विपन्नलाई संघले घरमै पुगेर राहत उपलब्ध गराउने बताए ।” हामी मनोरञ्जनका कार्यक्रम मात्रै गर्दैनौ सामाजिक सेवा समेत हाम्रो दायित्व भित्र पर्छ”, उनले भने ।
चलचित्र पत्रकार संघ कास्कीले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो