पोखरा । तनहुँमा १९ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । तनहुँ देवघाट गाउँपालिका-५ दासढुङगा स्थित त्रिशुली नदिको किनारमा बागलुङ बरेङडाँडा – १ घर भइ गोरखा शहिद लखन गाउँपालिका – ३ बस्दै आएका कृष्ण बहादुर पुन शनिबार बिहान ११ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय दिल बहादुर गुरुङको घरमा बस्दै आएका पुन गत बैशाख २६ गते मर्स्याङदी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भनिएकोमा शनिबार मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रवावु रेग्मीले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कालीगण्डकीमा हराएका एम्बुलेन्स चालक मृत भेटिए
उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ । गत आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग१झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रबार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो ।
बेनी नगर पालिका–९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए । बेपत्ता चालकको खोजीमा लागेका प्रहरी नायब उपरीक्षक किरण कुँवरसहितको टोलीसमेत घटनास्थलमा पुगेकाे थियाे ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’