स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १६ पुग्यो

स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १६ पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्याङ्जाको वालिङ स्थित क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

२६ र २२ वर्षका दुई पुरुष र १ जना समेत गरि ३ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए ।

तीनै जनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भई रहेको उनले जानकारी दिए ।

त्यस्तै नवलपुरका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नवलपरासी बर्दघाट सुस्ता (पूर्व)को देेवचुुुुली नगरपालिका स्थित क्वारेन्टाइनमा रहेेका १९ वर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनलाई भरतपुर स्थित कोरोना अस्पतालमा लागिएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

हिजो मात्रै बागलुङमा ६ नयाँ संक्रमित भेटिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds