तनहुँ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि विश्वब्यापी रुपमा लकडाउन गरिए सँगै नेपालमा पनि लकडाउन गरिएको छ ।
दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने ज्यालादारी वर्ग लकडाउनका कारण प्रत्यक्ष प्रभावित भएका छन ।
हालको जटिल अवस्थालाई मध्यनजर गर्दै परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानले तनहुँको घिरिङ्ग गाउँपालिका वडा नं ३ को अर्चलकोट र मान्पुर टोलका २१ घर ज्याला मजदुरि एबम विपन्न परिवारलाई बुधबार राहत वितरण गरेको छ ।
राहतमा चामल, नुन, तेल, दाल र सोयाबिन वितरण गरिएको थियो ।

उक्त अभियानमा आवद्ध अभियान्ताहरुले व्यक्तिगत रकम संकलन गरेर उक्त गाउँका विपन्न परिवारहरुलाई राहत वितरण गरेको परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानका महासचिव अन्जान परियारले जानकारी दिए ।
अभियानमा विदेश संयोजक बिमल परियार र राष्ट्रिय संयोजक केशब परियार रहेका छन ।
अभियानले पहिलो चरणको राहत वितरण दाङमा र दोस्रो चरणको राहत तनहुँमा गरेको हो ।
लकडाउन बढ्दै गए अन्य ठाउँमा पनि सहयोग गर्ने जनाएको छ ।
उनले भने ‘देशमा लकडाउनकै समयमा धेरै जातिय भेदभावका घटनाहरु घटिरहेको देख्दा दुख लागेको छ यद्यपि आफुहरुले राहत वितरण गर्दा कुनैपनि जात र धर्म नभनी मात्र समस्या हेरि समाधान गरेको बताए ।
गाउँपालिकाले दिएको पहिलो चरणको राहत सकिए पछि फेरि राहतको आशामा बसिरहेको बेला राहत पाउँदा स्थानिय हरुले खुसी महसुस गरेका छन ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण