पोखरा, १५ जेठ ।
जातिय कारणले पश्चिम रुकुममा भएको ‘नरसंहार’को साँकेतिक विरोध गर्दै राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले पोखरामा विशेष कार्यक्रम गरेको छ । साथै सो घटनामा ज्यान गुमाउने नवराज बिक र उनका साथीहरुप्रति दीप प्रज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ ।
गणतन्त्र दिवसकै दिन पोखरामा यो कार्यक्रमको आयोजना गरेर संघले गणतन्त्रको खोजी समेत गरेको छ । ‘परिवर्तनका थुप्रै लडाँईहरुमा दलित समुदायको मुद्दा उठेका छन् । तर समाजमा अझै पनि जातकै कारण दलितहरुलाई यस्तो विभत्स तरिकाले मारिन्छ । वास्तवमै दलित समुदायले गणतन्त्रको आभास गर्न सकिरहेका छैनन् ।’ राष्ट्रिय दलित पत्रकार संघ, गण्डकीका अध्यक्ष रेम बिकले भने–‘गणतन्त्र कागजमा मात्र होईन, हरेक व्यक्तिको मानसिकतामा पनि आउनुपर्छ भन्ने कुरा हामीले साँकेतिक रुपमा भन्न खोजेका हौँ ।’

राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले रुकुम पश्चिममा जातकै आधारमा नरसंहार गरिनु अत्याधिक खेदपुर्ण भएको बताएको छ । साथै संघले सो नरसंहार गराउने सम्पूर्णलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग अगाडि सारेको छ ।
साथै पछिल्लो समय घटनापछि मुख्य मुद्दालाई तोडमोड गर्ने गरि गरिएका विभिन्न तर्कहरुप्रति ध्यानकर्षण जनाएको छ । ‘विभिन्न राजनीतिक दलका नेताहरु समेत यो मुद्दालाई फरक तरिकाले मोड्न उद्दत देखिएका छन् । साथै सामाजिक संजालमा पनि केही समूह यो मुद्दाको वास्तविक कुरालाई तोडमोड गराउने गरि कुतर्क गरिरहेका छन् ।’ संघका गण्डकी प्रदेश अध्यक्ष बिकले भने–‘यस्ता कुतर्कले सामाजिक सद्भाव खलबलाउने बाहेक अरु केही काम गर्दैन । र, यस्ता कुतर्कलाई आधार मानेर घटनाको अनुसन्धानलाई प्रभावित गर्ने काम गर्नु हुँदैन ।’
चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको सहआयोजना रहेको कार्यक्रममा पोखराका राजनीतिकर्मी, पत्रकार र सर्वसाधारणहरुको सहभागिता रहेको थियो । घटनाप्रति खेद जनाउँदै सहभागी सबैले जातिय विभेदको चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै रुकुम पश्चिममा घटेको अमानविय घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न दबाब दिएका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो