तनहुँ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा भौतिक दुरी कायम गर्दै शनिबार तनहुँओ दमौलीमा रोट्रयाक्ट क्लब अफ दमौलीले रक्तदान कार्यक्रम गरेको छ ।
लकडाउनका कारण जिल्ला विभिन्न ठाउँमा र दमौली रक्त संचार केन्द्रमा उपचारका लागि रगत अभाव भएपछि क्लबले रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष मनोज राउतले बताए ।
सामाजिक उत्तरदायित्व वहन गर्दै दमौली अस्पताल सँगको सहकार्यमा रोट्रयाक्ट क्लबले शनिबार रक्तदान कार्यक्रम गरेको हो ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ स्थित दमौली अस्पताल नजिक आयोजित रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने नगरपालिकाका वैकुण्ठ न्यौपानेले बताए ।

कोरोना भाइरसको सङ्क्रमणबाट विश्व संगै नेपाल पनि आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने रक्तदाता र रक्तदान कार्यक्रम आयोजना गर्ने रोट्रयाक्ट क्लब लाई दमौली अस्पतालमा अध्यक्ष प्रदिप अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
कोरोना कहरका कारण लकडाउनको समयमा अत्यावश्यक पर्ने रगत रक्तदान कार्यक्रम आयोजना गरि रोट्रयाक्टले उल्लेखनिय कार्य गरेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले बताए ।
क्लबले आफ्नो संस्थापक सहसचिव स्व. सचिन कुमार श्रेष्ठको स्मृतिमा सन् २००३ देखि सचिन स्मृति रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।
क्लबले वर्तमान कोभिड १९ अर्थात कोरोना महामारीको विषम परिस्थितिमा पनि शनिबार १७औँ संस्करणको रक्तदान कार्य्रक्रम गरेको हो ।
२०६९ साल चैत्र २६ गते कोलकत्तामा रोटरीको कन्फ्रेन्समा भाग लिन जाने क्रममा बस दुर्घटना भइ निधन भएका तत्कालिन सहसचिव स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा सन् २००३ देखि क्लबले हरेक वर्ष खुल्ला दौड प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’