किरण श्रेष्ठ, तनहुँ । तनहुँमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ निर्देशनालय गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
तनहुँका कोरोना संक्रमित पुरुष जेठ १० गते भारतबाट आएका थिए । व्यास नगरपालिकाको क्वारेन्टाइनमा रहेका युवासँगै अन्य १० जना पनि सोही टोलीमा तनहुँ आएका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २८ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको र अहिले दमौली अस्पतालको आइसोलेसनमा राख्ने तयारि भईरहेको छ ।
तनहुँका पहिलो कोरोना संक्रमित संग क्याम्पसको क्वारेन्टाइनको कोठामा अन्य ४ जना समेत संगै बस्ने गरेको प्रमुख जिल्ला अधिकारि बद्रिनाथ अधिकारीले बताए । ‘अन्यको रिपोर्ट आएको छैन । प्रजिअ अधिकारीले भने ‘सायद नेगेटिभ भएर होला अहिले केहि सुचना आएको छैन ।
कोरोना संक्रमित युवकलाई छुट्टै कोठामा राखिएको प्रजिअ अधिकारीले जानकारी दिए । अन्यको रिपोर्ट नेगेटिभ आए क्वारेन्टाइनमा बसेको १४ दिन भएपछि आरडिटि गरिने प्रजिअ अधिकारीले बताए । उनले थपे ‘व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका लागि दमौली अस्पतालमा बनाएको ८ बेडको आइसोलेसन हो ।’
कोरोना संक्रमितको संख्या बढेको खण्डमा दंमौली अस्पतालमा आवश्यकता अनुसार आइसोलेसन बेड थप्ने तयारी भईरहेको प्रजिअ अधिकारी बताउछ्न ।
उनीहरुको सँगै व्यास नगरपालिकाका ५४ जनाको गत १६ गते शुक्रबार थ्रोट स्वाब लिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
जसमध्य ५१ जना भारतबाट आएका हुन् भने अन्य ३ जनामा क्वारेन्टाइनका सुरक्षाकर्मी, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख र एक जना खान बनाउनेको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको प्रमुख सोतीले जानकारी दिए । अन्यको रिपोर्ट भने आइसकेको छैन । उनले भने , ‘भारतबाट आएको भएपनि ट्राभल हिस्ट्री खोजिरहेका छौं ।’
व्यास नगरपालिकाले बनाएको उक्त क्वारेन्टाइनमा उनिसंगै ९८ जना बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तनहुँका ३९० जनाकाे पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । जसमा १ जनाको रिपोर्ट पाेजिटिभ, ३२० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाकाे रिपाेर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
आवश्यक अवस्थाका लागि भनेर जिल्लामा हालसम्म २६ एम्बुलेन्स, ९६ थर्मल गन, १९४ वेड क्षमताको क्वारेन्टिन, ४२ वेड क्षेमताको आइसोलेशन कक्षा, ४६६ पिपिइ र ६२ वटा हेल्थ हेल्प डेस्क तयारी अवस्थामा राखिएको छ ।
सम्बन्धित खबर
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग