पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ सिखकी एक गर्भवती महिलाको उद्दार गरिएको छ । गर्भवती नरदिता गर्बुजालाई हेलिकप्टरमार्फत उपचारका लागि पोखरा ल्याइएको छ ।
प्रसुति गराउन स्थानीय स्वास्थ्य चौकी लगिएकी उनको निरन्तर रक्तस्राव भइरहेको र स्वास्थ्यकर्मीले रेफर गरेपछि हेलिकप्टरमार्फत उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो ।
स्थानीय स्वास्थ्यकर्मीले नै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई खबर गरेपछि उनको उद्धार भएको हो ।
महिलाकाे स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानकारी प्राप्त भएपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत हेली उद्दार गरिएको मन्त्री नरदेवी पुनको सचिवालयले जनाएको छ ।
दुर्गमका गर्भवतीलाई असहज परिस्थितिमा उद्धार गरेर सुविधायुक्त अस्पताल ल्याउने काम गण्डकी प्रदेशले गर्दै आएको छ । गण्डकी प्रदेशले १५ जना गर्भवतीको यसरी नै हेलिकप्टरमार्फत उद्धार गरिसकेको छ ।
महिलाको थप उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
(फोटो: प्रकाश पौडेल, सामाजिक बिकाश मन्त्रालय)
सम्बन्धित खबर
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
पोखरामा एकै दिन दुई किशोरको डुबेर मृत्यु, फुस्रेखोलामा फेरि १६ वर्षका सुप्रिम डुबे
अनेरास्ववियु कास्कीले गर्यो बुद्धिचाल प्रतियोगिता
वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण
मानव अधिकारका सवालमा सबै पक्ष गम्भिर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग