तनहुँ । तनहुँको दमौली रहेका ४० दैनिक ज्यालादारी परिवारलाई जेसिआई व्यासनगरले खाद्यान्न सहयोग छ । क्लबले व्यास नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का दैनिक ज्यालादारी परिवारलाई सहयोग गरेको क्लबका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै क्लबले भानु नगरपालिका वडा नम्बर ५ मा ५ हजार ५ सय बराबरको राहत प्रदान गरेको क्लबले जनाएको छ ।
राहत सामाग्रीमा चामल, नुन, तेल लगाएतका सामग्री रहेको थियो । पहिले वितरण गरेकोमा छुटेका र आवश्यक परेका परिवारलाई राहात वितरण गरिएको क्लबले जनाएको छ । सम्बन्धित वडाको सिफारिसमा व्यास नगरपालिकाको मापदण्ड भित्र रहेर रहात वितरण गरिएको क्लबका अध्यक्ष भारत कुमार श्रेष्ठले बताए ।

कार्यक्रम संचालन क्लबका महासचिव गणेश थापाले गरेका थिए भने कार्यक्रमका बारेमा क्लबका पुर्वअध्यक्ष सुरेश पुरीले बताएका थिए । उक्त राहत वितरणका लागि दमौली घर भई हाल अमेरिकामा रहेका सुमन पन्तले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा व्यास २ का वडाअध्यक्ष काशिराम श्रेष्ठ, व्यास ३ का वडाअध्यक्ष प्रेम कुमार श्रेष्ठ, व्यास २ का वडासदस्य राधिका परियार, क्लबका पुर्वअध्यक्ष र क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
रक्तसन्चार केन्द्र दमौलीमा रगतको अभाव भएपछी जेसिआई व्यासनगरले गत वैशाख ६ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको थियो ।
क्लब यसअघि स्थानिय तह संग समन्वय गरि विभिन्न स्थानमा रहात समेत वितरण गरेको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’