काठमाडौं । राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेर्ने लागेको छ । लकडाउनका कारण देशको हालत बिग्रँदो छ । रोगसँगै भोकबाट जनता आहत हुने बेला भएको छ । यही बेला राष्ट्रपति भवनमा एक करोडको गलैँचा फेर्न लागिएको छ ।
कोरानाका संक्रमितको उपचार गर्नका लागि भेन्टिलेटर नभएको र क्वारेन्टाइनमा बस्नेहरूको बिजोक रहेको बेला राष्ट्रपति भण्डारी बस्ने घरमा यति महँगो गलैँचा परिवर्तन गर्न थालिएको भन्दै आलोचना सुरु भएको छ । कहिले प्रहरी हटाएर भवन विस्ता, कहिले हेलिकोप्टर किन्ने भनेर राष्ट्रपतिलाई नै विवादमा पार्ने काम हुँदै आइरहेको छ । यसतर्फ राष्ट्रपति सचिवालयसँगै स्वयं राष्ट्रपतिको ध्यान जानु पनि जरुरी रहेको छ ।
तीन वर्षअगाडि निर्माण गरिएको उक्त भवनमा दुईवटा ठूला हलका लागि करिब ३०-३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले ठेक्का पाएको राष्ट्रपति भण्डारी बस्ने नयाँ भवनमा महँगो गलैचा फेर्न लागिएको स्रोतले जनाएको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।
हिमालयन डेकोरले गलैँचा फेर्न लागेको छ । त्यसको टेण्डर डेकोरले पाएको छ । यो कम्पनी गण्डकी प्रदेशका नेकपा सांसद गुरुङको हो । गुरुङ तनहुँ–१ ‘क’ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष