अहिले फेसबुक इन्स्टान्टबाट डलर सजिलै बैंक खातामा जम्मा हुन थालेपनि ८ लाखको ग्रुप होस् या ५ लाख पेज भएका न्युज पेज होस् । कतिले मनलाग्दी यौन कथा, अश्लिल तथा छाडा शब्द भएका सामाग्री, मान मर्दन गरिएका पोष्टहरु समाचार भन्दै शेयर गरेको भेटिन्छ ।
तिनीहरु समाचार होईनन्, कुसमाचार हुन् । १० हजार खर्च गरेर सजिलै साईट बन्ने, फ्रिमै ब्लग बन्ने र त्यसलाई इन्स्टान्ट गरेपछि पैसो कमाउने भएकाले यसरी सामाजिक सञ्जाल खराब बनिरहेको छ । यहाँ कुसमाचार भन्नाले पत्रकार आचारसंहिता विपरीतका समाचार वा झूठा समाचारहरूलाई भन्न खोजिएको हो।
कुनै समाचारबारे उजुरी गर्न अब तपाईँ प्रेस काउन्सिल नेपालको कार्यालयसम्म पुग्नुपर्दैन। प्रेस काउन्सिलले अनलाइन उजुरी प्रणाली सुरु गरेसँगै अब जुनसुकै स्थानबाट समाचार सामग्रीबारे उजुरी गर्न सहज भएको हो।
प्रधानन्यायाधीश गोपाल पराजुलीले काउन्सिल कार्यालय सञ्चारग्राममा आइतबार अनलाइन उजुरी प्रणाली सुरुवात गरे। राससका अनुसार ‘जानाजान वा अनजानमा कसैप्रति लाञ्छना लगाउने, चरित्र हत्या गर्ने, अमर्यादित व्यवहार देखाई समाचार सम्प्रेषण गर्ने सञ्चार गृहलाई कारबाहीको माग गर्दै उजुरी गर्न सजिलो भएको छ।’ तपाईँ आफ्नो परिचय खुलाएर डकुमेन्ट, फोटो, लिंक तथा म्यासेज पठाउन सक्नुहुन्छ। काउन्सिलले त्यसउपर कारबाही चलाउनेछ।
यो वर्ष ३५ अनलाइन, १६ छापामाध्यम र चार टेलिभिजनले सत्यतथ्यमा आधारित नभई हचुवाका भरमा समाचार सम्प्रेषण गरेको भन्दै उजुरी दर्ता भएका छन्। सबैभन्दा बढी उजुरी अनलाइनका बारेमा छन्।
काउन्सिलमा करिब एक हजार अनलाइन दर्ता भएको तथ्याङ्क छ। त्यसैगरी छापामाध्यम, एफएम रेडियो र टेलिभिजन गरी झन्डै एक हजार २०० को हाराहारीमा सञ्चारगृह सञ्चालनमा रहेको तथ्याङ्क छ। सरकारले यसवर्ष यी संस्थाहरूलाई लोककल्याणकारी विज्ञापनबापत् १४ करोड लगानी गरेको छ।
पछिल्लोपटक प्रतिलिपि अधिकार ऐनको बर्खिलाप, हुबहुपत्रकारिता गर्ने, जनउत्तरदायी नहुने र विभिन्न व्यक्तिलाई धम्काउने, चरित्रहत्या गर्ने र अमर्यादित पत्रकारिता गर्ने जमात बढेकाले अनलाइनमार्फत उजुरी दर्ताको सुरुवात गरेको काउन्सिलले जनाएको छ ।
काउन्सिल छापा माध्यम, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा पत्रकारिताको आचारसंहिता अनुगमन गर्ने निकाय हो।
सम्बन्धित खबर
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा