काठमाडौं । दुई नेतावीच भागवण्डा नमिल्दा पोखरा मुकाम रहेको ४ नम्बर प्रदेशमा एमालेले आलोपालो मुख्यमन्त्री बनाउने मध्यमार्गी उपाय निकालेको छ ।
प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ दुबैको दाबी छ । किरण वामदेव गौतम निकट हुन् भने पृथ्वीसुब्बा केपी ओलीनिकट हुन् । किरण र पृथ्वीसुब्बा दुबै पूर्वमन्त्री भइसकेका सिनियर नेता हुन् । किरण पूर्ववनमन्त्री हुन् भने पृथ्वी पूर्वपर्यटन मन्त्री ।
वरिष्ठताको हिसाबले पृथ्वीसुब्बाभन्दा किरण पहिले नै पार्टीको केन्द्रीय सदस्य बनेका नेता हुन् । तर, हाल किरणभन्दा पृथ्वी सिनियर तहमा छन् । किरण गत महाधिवेशनमा उपाध्यक्षमा उठेर हारेका थिए भने पृथ्वीसुब्बा एमालेको सचिव पदमा बहाल छन् ।
दुवै नेताले मुख्यमन्त्रीमा दाबी नछाडेपछि आधा–आधा कार्यकाल बाँड्ने गरी सहमति जुटाउन रविन्द्र अधिकारीलगायतका नेताले शीर्ष नेतालाई मध्यमार्गी उपाय सुझाएका हुन् ।
दुई नेतालाई मिलाउन मध्यस्थता गरिरहेका एक एमाले नेताले भने– पाँच वर्षे कार्यकालमा आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउने लगभग सहमति भइसकेको छ, अब पहिलो कार्यकाल कसले लिने भन्ने मात्र हो ।
पहिलो कार्यकाल वर्णानुक्रम अनुसार, पार्टीको पद अनुसार वा गोलप्रथा के आधारमा तय गर्ने भन्ने कुरा मिलाउन बाँकी रहेको एमाले स्रोतले बतायो ।
गुरुङ र मगर समुदायको बाहुल्य रहेको प्रदेश ४ को मुख्यमन्त्री गुरुङ समुदायबाटै बनाउने ओलीको चाहना बुझेरै रविन्द्र अधिकारी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमै चुनाव लडेका हुन् । नत्र अधिकारीले चुनावअघि ४ नम्बरको मुख्यमन्त्री बन्न चाहेका थिए ।
अनलाइनखबर
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु