जापानको चिवामा बस्दै आएकी नेपाली चेली कामना खनालले पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रमलाई नगद सहयोग गरेपछि आश्रम सञ्चालक तथा आश्रितहरुलाई राहत केही भएपनि राहत पुगेको छ ।
तनहुँको भानु नगरपालिका टुहुरे पसल घर भई विगत केही वर्षदेखि जापानमा बस्दै आएकी कामनाले कोभिड–१९ को विश्वव्यापी सङ्कटका कारणबाट अप्ठ्यारो अवस्थामा रहेकाहरुका लागि २० हजार ३१ रुपैंया सहयोग रकम पठाएकी थिइन् ।
आश्रममा सहारा लिँदै आएका असहाय, बृद्धबृद्धा तथा बालबालिकाका लागि त्यसमध्ये १० हजार ३१ प्रदान गरिएको हो । सो सहयोग रकम आज गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले आश्रममा हस्तान्तरण गरेकी हुन् ।
खनालले उपलव्ध गराएको सो रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका सचिवालय सदस्य त्रिभुवन पौडेलको समन्वयमा मानव सेवा आश्रमलाई आधा रकम प्रदान गरिएको हो । बाँकी रकम १० हजार बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गर्ने ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरणका लागि प्रदान गरिने भएको छ ।
मानव सेवा आश्रमले असहाय बालबालिका, युवा तथा वृद्धवृद्धाहरुका लागि निःशुल्क खाना र बस्नको व्यवस्था गर्दै आएको छ । आश्रममा हाल ११७ जनाले आश्रय लिएका छन् । आमा सीमा र बुवा लेखनाथ खनालकी छोरी कामनाले आफूले बैदेशिक रोजगारी मार्फत कमाएको पैसा कोरोना महामारीको बेला असहाय जनता र स्वास्थ्यकर्मीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’