पोखरा । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनमा रहिरहेको बेला प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुपको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा न. १४ मनकामना टोलका ६० बिपन्न परिवारलाई मंगलवार दोस्रो चरणको राहत उपलब्ध गराएको छ ।
मनकामना टोल, खाल्टे मसिना टोल र समितारा टोलका अति विपन्न राहत नपाएकालाई राजनीति, जाति, धर्म, वर्ग र सम्प्रदाय भन्दामाथि उठेर राहत वितरण गरिएको हो ।
‘धेरै पटक धेरैले राहत थापेको देख्यौं तर हाम्रो नाम र पालो कहिल्यै आएन ।’ ‘हाम्रा कुरा सुनिदिने कोही छैन जस्तो लागेको थियो तर आज लकडाउनको ७१ दिन पछि पहिलो पटक घर टोलमै राहत आएकोमा खुशी लागेको एक लाभग्राहीले बताइन् ।
पोखरा इन्जिनियर्स ग्रुपका सल्लाहकार धुर्ब गर्बुजाले प्रा.डा सूर्यमणि अधिकारी प्राविधिक भएकाले इन्जिनियरहरूले प्रकृतिको दोहन मात्रै होइन संरक्षण गर्नुपर्ने सन्देश दिए ।
उनले कोरोना भाइसरले हामीलाई हाम्रो संस्कार अवलम्बन गर्न पाठ सिकाएको छ भनेर प्रष्ट पारे ।
वृद्ध, अशक्त र सुत्केरी तथा राहात पाउन पर्ने व्यक्तिको खोजि मनोहर युबा क्लबका कोषाध्यक्ष सैलेष बानिया, मनकामना टोल बिकास सस्थाका अध्यक्ष रामचन्द्र केसि र मसिना टोल विकास का अध्यक्ष लक्षमण गुरुङ ले गरेका थिए ।
प्रतिष्ठानका संरक्षक कपिलनाथ कोइरालाको उपस्थित कार्यक्रममा पोखरा इन्जिनियर्स ग्रुपका शक्ति बरुवालले कार्यक्रम संचालन गरेका थिए भने प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारीले कोइरालाले सहभागी र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो