पोखरा । गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिएका छ्न । यो संगै गण्डकी प्रदेशना कुल कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
बिहिवार बाग्लुङको निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिलामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै बाग्लुङ कै बडीगाड गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङको गल्कोट नगरपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पर्बतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २१ र २१ का २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २४ र २८ का २ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
म्याग्दीको मंगला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो