गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । अत्यावश्यक घरायसी सामग्रीको होम डेलिभरी गर्दै आएको अनलाइन सपिङ ग्यापु डटकम (gyapu.com) र अग्रणी किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरी बीच ब्यापार साझेदारी सुरु भएको छ।
काठमाडौं, बनेपा र पोखराका २३ आउटलेट मार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध १ हजार ४ सय भन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाईट वा मोबाइल एप मार्फत अर्डर गर्न सक्नेछन्। उक्त अर्डरको ग्यापुका कर्मचारी मार्फत २४ घण्टा भित्र नि:शुल्क डेलिभरी गरिने बताइएको छ ।
ग्राहकले डेलिभरी पूर्व ई-सेवाबाट पैसा तिरि क्यासब्याक समेत लिन सक्नेछन् । ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आईएमई पे, फोने पे, कनेक्ट आइपिएस, खल्ती, प्रभु पे मार्फत बिल तिर्न सक्छन् भने डेलिभरिको समयमा नगद समेत दिन सक्नेछन् ।
हाल काठमाडौ उपत्यका भित्र मात्र ग्यापुको सेवा रहेको छ भने लकडाउन पछि सेवा देशका मुख्य शहरहरुमा बिस्तार गरिने ग्यापु डटकमका निर्देशक ज्ञानेन्द्र खड्काले बताए ।
सम्बन्धित खबर
आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग