गण्डक न्युज पोखरा, ८ माघ / ताओ एशोसियसन अफ नेपालले सत्यताको मार्ग ताओको प्रवचन र टिका ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा बगर स्थित ताओ साधना केन्द्रमा सोमबार भएको ताओ सेमिनारमा एक सय बढिले सहभागिता जनाए । कार्यक्रममा ताईवानबाट आएका गुरु छेएनरनले ताओको सत्यताको मार्ग र असल मान्छे कसरी बन्ने भन्ने बारेमा प्रवचन दिए । थाहा नभएका व्यक्तिलाई राम्रो कुरा थाहा दिनु, खराबलाई असल बनाउनु र नैतिकवान् बनाउनु नै ताओको मूल भाव रहेको उनले जनाए ।
ताओ गुरु तारा आचार्यले ताओ धर्म सम्प्रदाय नभई दर्शन भएको बताए । अहिलेको समाजलाई ताओको दर्शन अपरिहार्य रहेको जनाउँदै उनले मानिसलाई सत्मार्गमा हिँडाउन यसको आवश्यकता बोध गराए ।
अर्का ताओ गुरु आनन्द दाहालले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै स्वागत प्रवचन दिए । सो अवसरमा ताओ साधकहरु चन्द्रावति गुरुङ र अर्जुन पोखरेलले थाइल्याण्ड र मलेसियामा ताओको वृत्तिविकास सम्बन्धमा गरिएको भ्रमणबारे अनुभव सुनाए ।
कार्यक्रमको सञ्चालन ताओ साधिका नम्रता बरालले गरेकी थिईन् । हरेक शनिबार पूर्वान्ह ११ बजेदेखि १ बजेसम्म ताओ साधना केन्द्र बगरमा ताओ प्रवचन कार्यक्रम आयोजना हुँदै आएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा