कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेहरु पनि बढ्दै गएका छन् । कोरोना बिमा रोकिएको एक दिनपछि पुन: सुरु भएपछि बिमा कम्पनीहरुमा फेरि आकर्षण बढिरहेको छ । व्यक्ति मात्र होईन संस्थागत रुपमै पनि बिमा गर्ने लहर चलेको छ ।
पोखरा ९ पृथ्वीचोकमा कार्यालय रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना संचालकहरु र कर्मचारीहरुको कोरोना बिमा गरेको छ। सिद्धार्थ इन्स्योरेन्स लि. पोखरा शाखाबाट उक्त बिमा गरेको छ।
नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा कम्पनीहरूले कोभिड–१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन् । सरकारसँग सहमति भएपछि कोरोना बिमा पुनः सुरु भएको हो। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुनस् सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।
कोरोना संक्रमितहरूको संख्या धेरै भएपछि बिमा कम्पनीहरूले बिहीबार कोरोना बिमा पोलिसी बन्द गर्ने घोषणा गरेका थिए । शुक्रबारदेखि लागुहुने गरी गरिएको सो घोषणापछि सरकारसँग वार्ता गर्दा सरकारले जोखिम वहनमा सहयोग गर्ने भनेपछि पुनस् सुरु गरिएको बताइएको छ।कोरोना बिमा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश कार्यक्रम हो । बजेटमा समावेश कार्यक्रम नै बन्द भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यसमा चासो दिएका थिए ।
स्रोतका अनुसार अर्थमन्त्री खतिवडाले नै सरकारले पनि दायित्व वहन गर्ने भनेपछि बिमा समितिले कोरोना बिमा पुनः सुरु गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।६ सय रुपैयाँमा एक लाख रुपैयाँको र ३ सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था छ । बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको छ ।
बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ । सरकारले आगामी आथिक वर्षको बजेटमा नै कोरोना बिमा हुने उल्लेख गरेको थियो । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ ।
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’