गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पर्वतकाे कुश्मा नगरपालिका ३, दुर्लुङमा शनिबार राति गएकाे पहिराेमा परी हराएकामध्ये ८ जनाकाे शव भेटिएकाे छ । पहिराेमा परी अझै १ जना हराएकाे र उनकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
शनिबार राति गएकाे पहिराेमा पुरिएका स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, मीन कुमारी थापा र नातिनी विविशा थापाकाे शव राति नै भेटिएकाे थियाे । तुलबहादुर र मिनकुमारी पतिपत्नी हुन् भने विविशा नातिनी हुन् । आइतबार बिहान दीपा थापा र कमला विक र प्रमिसा विक, सम्राट थापा, प्रमिशा विककाे शव भेटिएकाे छ । जेनिश विककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
अर्को एक घर आधा मात्र पहिरोले बग्दा परिवारका व्यक्तिहरु भने जोगिएका छन् । पहिरो गएको स्थान ढकालबारी नजिकै काफलचौर काउलेमा हो । मृतक परिवारका पुर्ख्यौली थलो ढकालबारी रहेको र त्यहाँ पहिरोको जोखिम भएकाले त्यसबाट बच्न ५०० मिटर जति पर काउलेमा जग्गा लिएर घर बनाएका थिए । तर पहिरोकै कारण परिवारले मृत्यु वरण गर्नुपरेको छ ।
राति नै घटनास्थलमा पुगेकाे नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेर खाेजी र अविरल वर्षाका बीच उद्धार थालेका थिए । घटनास्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जाेखिमाा परेपछि अन्यत्र सुरक्षित स्थानमा सारिएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।
मुख्यमन्त्रीद्वारा दुख व्यक्त
भिषण वर्षाका कारण गएको पहिरोमा परी ठूलो जनधनको क्षतिप्रति गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री गुरुङले फेसबुक पेजमा आइतबार बिहान सन्देश जारी गरी पहिरोमा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बेपत्ता भएकाहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी तथा उद्धार कार्यमा जुट्ने सवैप्रति उनले धन्यवाद प्रकट गरेका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा