किरण श्रेष्ठ, तनहुँ । तनहुँका पहिलो कोरोना भाइरस (कोभिड-१९)का संक्रमित निको भएका छन ।
जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा उपचारत ऋषिङका २८ वर्षिय युवक सोमबार घर फर्किएका हुन् ।
गत जेठ १८ उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।गत जेठ १८ उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
निको भएका युवकलाई केन्द्रका निर्देशक रामकुमार श्रेष्ठले बिदाई गरेका थिए ।
उनको स्वागतका लागि रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ उपस्थित भएका थिए ।
भारतबाट आएका ती युवक व्यास नगरपालिकाले व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा बनाएको क्वारेन्टाइनमा बसेका थिए ।
आज बिहान मात्रै तनहुँको घिरिङ गाउँपालिकाका थप ५ जनामा कोरोनाको सक्रमण देखिएको छ ।
तनहुँमा कोरोना संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जसमध्ये आज आइतबार (असार १ गते) एकजना निको भएका छ्न ।
आइसोलेसनमा बसेको १४ दिनपछी दोस्रो र तेस्रो परिक्षणको रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज भएका छन ।
तनहुँको आदिकबी भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा उनिसंगै रहेका अन्य व्यक्तिहरु १३ दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा रिपोर्टको पर्खाइमा रहेका छन ।
सम्बन्धित खबर
१५ वर्षीय बालिकालाई करणी गरि गर्भवती बनाएकोमा हरिनासका रिम बहादुर पक्राउ
नेपाल ज्योतिष परिषद् कास्की अध्यक्षमा रामजी निर्वाचन
पाखुरीकोट गुरुङ समाजका गतिविधि अब पाखुरीकोट दर्पणमा
यूनाइटेड क्लब पोखराद्वारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग
जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी
पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग