जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव निरीक्षक राम बहादुर अधिकारी र प्रहरी हवल्दार लक्ष्मी बस्नेत पुरस्कृत भएका छन्।
कास्की प्रहरीले असल कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट एक महिनाको अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको छनौट गरी नगदसहित पुरस्कृत र सम्मानित गर्दै आएको छ ।
दुई प्रहरीहरु जेठ महिनाको उत्कृष्ट प्रहरी बनेका हुन् । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले आज कार्यालयमै आयोजिक एक समारोहका बीच सम्मान पत्र र नगद प्रदान गरे ।
प्रनानि अधिकारी प्रधान कार्यालय, प्रदेश र जिल्लाबाट दर्जन पटक पुरस्कृत
प्रनानि अधिकारी प्रधान कार्यालयबाट समेत सम्मानित भइसकेको प्रहरी जुनियर अधिकृत हुन् । अपराध अनुसन्धान अन्तर्गत मुद्धा शाखाको जिम्मेवारीमा दुई दशक सेवा गरेका अधिकारी २०५५ मा सिपाईबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
उनी २०५८ मा असईमा प्रतिष्पर्धा गरेर छनौट भए । ०६३ मा प्रनानिमा बढुवा भएका अधिकारीले जिल्ला प्रहरी कार्यालय नवलपरासी, सुर्खेत, मोरङ, जनकपुर, महोत्तरी, पर्वत, कास्कीमा सेवा गरिसकेका छन् । उनी १३ महिना यूएन मिसनमा पनि क्रिमिनल इन्भिस्टिगेटरकै रुपमा सेवा गरे ।
हेर्ड क्वार्टरबाट २०७३ मा नेपालभरीकै उत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा उनी सम्मानित भए । प्रनानि भएपछि जिल्ला तहमा नौ पटक पुरस्कृत भएका छन् । २०७६ मा गण्डकी प्रदेश उत्कृष्ट अनुसन्धान अधिकृत भए । कास्कीमा डेढ वर्ष सेवा गरी अख्तियारमा काम गर्न पुगेका उनी पुनः कास्की नै फर्केर लगातार ५ वर्ष अनुसन्धान अधिकृतका रुपमा मुद्धा फाँटमा सेवारत छन् ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु