किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
व्यास नगरपालिकाले व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा बनाएको क्वारेन्टाइनमा बसेर हिजो बुधबार क्वारेन्टाइनबाट घर जाने १ जना, १ जना मदर्शा प्रावि व्यास-४ को क्वारेन्टाइनमा बसेका र अर्का १ जनाको भने थर र उमेर नमिलेको गरि ३ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै तनहुँमा कोरना संक्रमितको संख्या २६ जना पुगेको छ । आज बिहिबार बिहान मात्रै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बुधबार साँझ पीसीआर रिपोर्ट नआउदै घर जाने ५० जना मध्यका १ जना लाई कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । अन्य एक जना भने नगरपालिकाले बनाएको क्वारेन्टाइनमा रहेको र अर्का एक भने पत्ता लगाउन नसकिएको सोतीले जानकारी दिए ।
क्वारेन्टाइनबाट हिजो साँझ घर जानेलाई पुन: आदिकवि क्याम्पसको क्वारेन्टाइनमा ल्याइएको र उनलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको प्रमुख सोतीले जनाकारी दिए । कोरोना संक्रमित व्यक्ति व्यास-१३ का हुन् । उनि गत जेठ १० गते भारतबाट आएका थिए ।
हिजो बुधबार साँझ आदिकवि भानुभक्त क्याम्पसमा बसेकाहरुले धेरै दिन हुँदा समेत रिपोर्ट नआएकाले घर जान पाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए ।
जबरजस्ती गरेर घर जान लागेसी रोक्न खोजेपनि क्वारेन्टाइनमा बस्न नमानेको हुँदा पीसीआर रिपोर्ट नआएका ५० जनालाई घर जान दिइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
‘झोला बोकेर घर जान्छम अब बस्न सकिदैन क्वारेटाइनमा भन्दै जबरजस्ती जान खोजेका थिए । स्वास्थ्य शाखा प्रमुख सोतीले भने ‘होहल्ला गर्दै जसरी जान्छम भनेपछि जान दिएका हौ ।’ उनले थपे ‘उनीहरुको आरडीटी विधिबाट कोरोना परिक्षण गरिएको थियो ।’

हिजो(बुधबार) साझ नछोड्न भनेको थिए तर क्वारेन्टाइनमा बसेका ५० जना लाई घर जान दिईएछ प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । ‘मैले त राति भईसक्यो आज नछोडौ भनेको थिए ।’ प्रजिअ अधिकारीले भने ‘नगरपालिकामा कुरा गर्दा मेयरले जान दिनुभएछ ।’
‘हामि भन्दा पछि आउनेको रिपोर्ट आइसकेको छ तर हाम्रो रिपोर्ट आएन त्यसैले घर जान पाउ भन्दै भनेका हौ’ आदिकविको क्वारेन्टाइनमा बसेका एक जनाको व्यक्तिले फोन भने ‘२५ दिन देखि क्वारेन्टाइनमा थिएम, स्वाब संकलन भएको पनि ११ दिन सम्म पनि रिपोर्ट आएन ।’
आदिकविको क्वारेन्टाइनमा ५० मध्ये १५ जनाको मात्रै कन्ट्रयाक्ट ट्रेसिंङका आधार स्वाब संकलन
व्यास नगरपालिकाको क्वारेन्टाइनबाट हिजो (बुधबार) घर गएका ५० जना मध्ये १५ जनाको मात्रै कन्ट्रयाक्ट ट्रेसिंङका आधार पीसीआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको खुलासा भएको छ ।
आरडिटी भने सबैको गरिएको व्यास नगरपालिकाले जनाएको छ । हिजो घर गएका मध्ये १ जनामा कोरोना संक्रमण देखिएको छ ।
गत जेठ २४ गते आदिकविको क्वारेन्टाइनमा रहेका ५० मध्ये १५ र मर्दशा प्राविको क्वारेन्टाइनमा रहेका १९ जनाको कन्ट्रयाक्ट ट्रेसिंङका आधार पीसीआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
यो पनि:
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु