तनहुँ । तनहुँमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार तनहुँको घिरिङ गाउँपालिका ३ महिला र १४ पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
भारतबाट फर्किएका उनिहरु सबै सिमाक्षेत्रबाट उद्धार गरिएका नागरिक हुन् ।
घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २७, २४, २९ वर्षीय ३ जना महिला र ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ उमेर समुहका १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज शुक्रबार (असार ५ गते) संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

हिजो बिहिबार मात्रै तनहुँको शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय एक पुरुष, भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षीय गरी ४ जना पुरुषमा र ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षीय गरी ७ जना पुरुष र व्यास नगरपालिकाका ४२, २९ र २५ वर्षीय गरी ३ जना पुरुष गरि तनहुँमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार थपिएका १७ जना सहित तनहुँमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।
यस्तै, जिल्लाका पहिलो संक्रमित ऋषिङ गाउँपालिकाका २८ र ४० वर्षका दुइ पुरुष भने निको भएर घर फर्किएका छन् ।
जिल्लामा विहीबार पुष्टि भएका १५ जना संक्रमितहरुलाई व्यास नगरपालिका र दमौली अस्पतालको समन्वयमा तयार गरिएको आइसोलेशनमा राखिएको छ ।
संक्रमितहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
त्यस्तै, यस भन्दा अगाडि पुष्टि भएका संक्रमितहरुलाई शुक्लागण्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ ।
यस केन्द्रमा राखिएका दुइ जना पुरुष निको भएर घर फर्किसकेका छन् । हाल जीपीको आइसोलेसनमा ९ जनालाई रहेका छन् ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो १९ दिनको अवधिमा जिल्लामा संक्रमितको संख्या ४३ जना पुगेको छ भने २ जना पुरुष निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ३ जना, ऋषिङ गाउँपालिकामा १० जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाभर ८४५ जना क्वारेन्टाइनमा
तनहुँका १० वटै स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा विहीबारसम्म ७४ महिला र ७७१ पुरुष गरी ८४५ जना बसेका छन् भने चैत्र महिना यता भारत लगायत अन्य मुलुकबाट १७७ जना महिला र १९७९ जना पुरुष गरी २ हजार १५६ जना नागरिक जिल्ला भित्रिएका छन् ।
त्यस्तै, जिल्लामा १०९ महिला १ हजार २० जना पुरुष गरी १ हजार १२९ जनाको थ्रोट स्वाब नमुना संकलन गरी गरिएको पिसिआर परीक्षणमा ४० महिला र ५२६ जना पुरुष गरी ५७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
२६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका ५२७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।
यो पनि:
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?