तनहुँ । विश्वभर फैलिएको कोरोना संक्रमणको असर नेपालमा पनि देखिएको छ । यस्तो अवस्थामा व्यवसायी तथा भाडामा बस्नेहरूमा छुट्टै तनाव सृजना भएको छ ।
लकडाउन केहि खुकुलो भएतापनि व्यवसायको टुङ्गो नभएपछि व्यवसायीले घरभाडा तिर्ने अवस्था नभएको हुँदा दमौलीका एक मनकारी घरबेटीले घरभाडा छुट गरिदिएका छन ।
लकडाउनका कारण व्यापारीहरु समस्या परेको समयमा तनहुँ व्यास-३ निमचोक दमौली निवासी बिनोद अधिकारीले आफ्नो घरमा भाडामा संचालन हुँदै आएको होटललाइ ३ महिनाको घर भाडा मिनाहा गरेका छन ।
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले चैत्र ११ गतेदेखी लकडाउन घोषणा गरेकोमा अधिकारीले चैत्र, बैशाख र जेठ महिनाको घरभाडा मिनाहा गरेका हुन । उनको घरमा ‘हेल्लो क्याफे’ होटल संचालन हुदै आएको थियो ।
‘लकडाउनका कारण सबै क्षेत्र धरासायी बनेको अबस्थामा मानवीय रुपमा घरभाडा मिनाहा गरेर व्यवसायीलाई सहयोग गरेका हौ,’ उनले भने, ‘अहिलेको यस्तो अबस्थामा घरभाडा मिनाहा गरिदिदाँ मात्रै पनि व्यवसायीलाई ठूलो राहत मिल्नेछ।’
व्यवसायीलाई मर्का परेको अहिलेको अबस्थामा घरधनीले घरभाडा मिनाहा गरेर सहयोेग गर्नु सराहनीय कार्य भएको कम्प्युटर एसोसिएशन नेपाल तनहुँका अध्यक्ष टिकाराम पनेरुले बताए ।
अहिले धेरै व्यवसायी पसल वा आफ्नो व्यवसाय बन्द गर्नुपर्न अबस्थाामा पुगेका छन । लामो समयसम्म लकडाउनका कारण व्यवसाय बन्द हुदाँ बैकको किस्ता, सरकारको कर, घरभाडा र परिवाारको दायित्व निर्वाह गर्न व्यवसायीलाई हम्मे हम्मे परेको छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’