तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी(प्रहरी) सहित ११ जनामा काेराेना पुष्टि भएको छ ।
सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाको आपतकालिन बैठक बसि सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पुर्णसिंह थापाले बताए ।
बन्दिपुर गाउँपालिकाले गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय बन्दिपुर एक हप्ताका लागि पुर्ण बन्द गर्ने निर्णय गरेको छ ।
साथै गाउँपालिका अन्तरगतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था २ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा बन्दिपुर गाउँपालिकाका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२ र २५ उमेर समुहका ९ जना पुरुष र ३५ वर्षीय १ महिलामा संक्रमण पुष्टि भएको जनाएको छ भने गाउँपालिकाले ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
गाउँपालिकाका अनुसार क्वरोटाइनमा रहेका व्यक्ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायत ३४ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार चिकित्सक सहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेटाइनमा रहेका ८ जना समेत गरी ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएका कारण समुदायमा फैलने जोखिम उच्च रहेको हुँदा असार ९ गतेदेखि लागु हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दीपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी गराए ।
गाउँपालिकामा क्षेत्रमा थप संक्रमण फैलन नदिनका लागि बन्दाबन्दीको निर्णयलाई पूर्ण रुपमा पालना गर्न, सबै गाउँपालिका बासिलाई उच्च मनोवलका साथ भौतिक दुरी कायम गरी आफु र समुदायलई सुरक्षित रहन अध्यक्ष थापाले अनुरोध गरेका छन् ।
यस्तै, तनहुँमा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ९० जना पुगेको छ ।
यो पनि:
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु