तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिकामा पीसीआर विधिबाट कोरोना परीक्षणको लागी बिहिबार ९५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।
सोमबार पहिलो पटक गाउँपालिकाका ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । सुरक्षाकर्मीमा नै कोरोना देखिएपछि गाउँपालिकाले स्वाब संकलनको दायरा बढाएको हो ।
कोरोना पुष्टि भएका ३ जना संक्रमित पुरुष मध्ये २ जना भारतबाट आएर रामशाह माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेका र १ जना सुरक्षाकर्मी रहेको आँबुखैरेनी गाउँपालिका स्वस्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
तनहुँको आँबुखैरेनीमा सोमबार देखा परेका ३ जना कोरोना संक्रमितलाई जिपी कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्र आइसोलेसनमा राखिएको छ ।
कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।
बिहिवार स्वाब संकलन गरिएकामा क्वारेन्टाइनमा रहेका १० जना, होम क्वारेन्टाइनमा रहेका २ जना, कर्मचारी ६, जनप्रतिनिधि ५, स्वास्थ्यकर्मी १०, सशस्त्र प्रहरी ८, नेपाली सेना ४, सुरक्षाकर्मी र संगै रहेका परिवार ५० जना गरि ९५ जना रहेको गाउँपालिका स्वास्थ शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।
यस्तै संकलन गरिएको स्वाव नमुना परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको उनले जानकारी दिए । स्वाबको नमुना रामशाह मावि आबुखैरेनी र मित्रता मावि सत्रसयमा संकलन गरिएको थियो ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग