तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुको बुधबार परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको छ ।
गत असार ८ गते गाउँपालिकाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि सम्पर्क रहेका १०१ जनाको स्वाब संकलन गरिएको हो ।
बन्दिपुर अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीहरु, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु, प्रहरी चौकी बन्दीपुरका सुरक्षाकर्मीहरु, क्वारेन्टाइनमा रहेकाहरु मध्ये १०१ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । ‘मेरो पनि स्वाब संकलन गरिएको छ ।’ अध्यक्ष थापाले भने ‘पोखरा पठाएका छौ, रिपोर्ट आएको छैन ।’

‘शंकाका घेरामा रहेका करिब १७० जनाको स्वाब संकलन गरी कोभिड-१९ परीक्षण गर्न लागिएका हो’, उनले भने, ‘हाल सम्पर्कमा आएका १०१ जनाको मात्रै थ्रोट स्वाबको नमुना संकलन गरेका छौ । पछि सम्पर्कमा आएपछि उनीहरुको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाउने छौं ।’
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बन्दिपुर गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको भनिएको छ तर बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा भने गाउँपालिकामा ११ जना संक्रमित भएको बताउछन ।
उनले भने ‘गाउँपालिकाको एकजना व्यक्तिको नाममा अर्कोले स्वाब पठाएको रैछ उहाँको पोजेटिभ आयो त्यहि भएर बन्दिपुर गाउँपालिकामा ११ जना नै कोरोना संक्रमित हो ।’
यता जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी भने स्वास्थ्य निर्देशनालय गण्डकीको डाटा अनुसार १० जना नै संक्रमित भएको बताए ।

यस्तै, समुदायका सक्रिय व्यक्तिहरुमा संक्रमण पुष्टि भएपछि असार ९ गतेदेखि नै लागु हुने गरी गाउँपालिकाबाट दिदै आइरहेको सम्पूर्ण सेवा, बन्दिपुर अस्पताल, बन्दिपुरको प्रहरी चौकी १ हप्ताको लागि र गाउँपालिका भित्रका सरकारी तथा गैरसरकारी कार्यालयहरु, बैंक बित्तीय संस्था, व्यापार व्यवासाय लगायतका सम्पुर्ण सेवाहरु २ हप्ताका लागि पुर्णरूपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
यस समयमा भौतिक दुरी कायम गरी आफू र समुदायलाई सुरक्षित राख्दै सम्पुर्ण सुरक्षा र सतर्कताका साथ होसियारी पूर्वक काम गर्न र संयम रहन सम्पुर्ण समुदायलाई अनुरोध गरिएको अध्यक्ष थापाले बताए ।
यो पनि:
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु