पोखरा । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । शनिबार मात्रै कोरोना भाइरसका ८२ नयाँ संक्रमित गण्डकी प्रदेशमा थपिएका हुन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८८८ पुगेको छ । पछिल्लो अपडेटअनुसार बागलुङमा २७, तनहुँमा ६ र पर्वतमा १ गरि ३४ नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुँको शक्लागण्डकी नगरपालिकामा २ महिला, भानु नगरपालिकामा ३ पुरुष र व्यासमा नगरपालिकामा १ बालिका संक्रमित थपिएका छन् ।
प्रदेश क्षयरोग केन्द्र पोखराको ल्याबमा गरिएको परिक्षणमा बागलुङ बडीगाडमा ६, बागलुङ नगरपालिकामा १७, काठेखोलामा दुई महिला र दुई पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरि पर्वतको कुश्मा नगरपालिमा पनि स्वास्थ्य निर्देशनालयले एक पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।
प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा कर्णाली प्रदेश सल्यान जिल्लाका एक पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा १० मा आधारभूत ब्यूटिसियन तालिम सुरु
जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्वारा वृद्धाश्रममा सहयोग
अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग