गण्डक न्युज पोखरा, १० माघ / तनहुँ जिल्लाको व्यास नगरपालिका १२ घासीकुवाँमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका ६ बस्ने २० वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
पृथ्वीराजमार्गमा पोखराबाट जाँदै गरेको ग १० प ३९०१ नम्वरको मोटरसाईकल सोहि दिशा तर्फ गईरहेको ग १ ख ४५८० नम्वरको ट्रकमा ठक्कर खाँदा मोटरसाईकल चालक अधिकारीको मृत्यु भएको हो । ट्रकलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट एक्कासी ट्रक आएको र सो ट्रकबाट बच्न खोज्दा आफैले ओभरटेक गरेको ट्रकको पांग्रामुनी परेको बाईक पछाडि सवार उनका साथीले बताएका छन् ।
कम्मर मुनीको भाग किचिएर घाइते भई उपचारको लागि पोखराको फेवासिटी अस्पतालमा ल्याइएकोमा गाडीबाट नझार्दै उनलाई रेफर गरिएको छिमेकीले बताएका छन् । गण्डकी मेडिकल कलेज लगिएकोमा उनलाई त्यहीं मृत घोषणा गरिएको हो ।
विवेक लेकसाईड स्थित मिडल इस्ट होटलका सञ्चालक निरज अधिकारीका छोरा हुन् । उनी परिवारका एकमात्र छोरा हुन् । विवेक आफ्नै ड्युक बाईक भएपनि बुबाको २२० पल्सर लिएर साथीसँग पोखराबाट हिँडेका थिए । परिवारलाई नभनी पासपोर्ट बनाउने भन्दै हिँडेका उनीहरु दुर्घटना पश्चात् मात्र परिवारले थाहा पाएको जानकारले गण्डक न्युजलाई बताएको छ ।
सम्बन्धित खबर
बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना
स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
यो पनि पढौँ
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै