मनाङ । कोरोना सँक्रमित ५७ वर्षिय पुरुषको दोश्रो पि.सि.आर रिर्पोट नेगेटिभ आएसँगै सोमवारबाट हिमाली जिल्ला मनाङमा कोरोना मुक्त भएको छ ।
असार ४ गते कोरोना पुष्टि भएका सो व्यक्ति जिल्ला स्थित अस्पतालको आइसोलेसन कक्षवाट निको भएर विदा भएसँगै मनाङ कोरोना मुक्त भएका हो ।
जिल्ला अस्पताल मनाङको आइसोलेसनमा ११ दिनको उपचारपछि पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।
यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । मनाङमा हालसम्म कपिलवस्तु बाढगंगा–१४ स्थायी ठेगाना भई मनाङमा कार्यरत ५७ वर्र्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो भने अन्य मानिसमा कोरोना संक्रमण पुष्टि भएको छैन ।

मनाङमा ३० जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए । हालसम्म मनाङमा एक सय ८१ जनाको आरडिटी परीक्षण गरिएको छ ।
मनाङमा निर्माण गरिएको ९३ बेड क्षमताको १० वटा क्वारेन्टाइन र ७ बेडको आइसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा निर्माण गरिएका आइसोलेसन र सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो