दुलेगौँडा, १० माघ । तनहुँको शुक्लागण्डकी वडा नं-३, वनकेवास्थित धारापानीमा मंगलबार भएको बस दुर्घटनामा घाइते एक जनाको ज्यान गएको छ ।
शुक्लागण्डकी-६ ब्यागन निवासी ३५ बर्षिय डोल माया थापा मधुको उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बुधबार मृत्यु भएको हो । अन्य घाइतेहरु चालक सुक बहादुर नेपाली (बुद्धि) , शुक्लागण्डकी-४ निवासी बर्ष ३४ की केशी माया गुरुङ र म्याग्दे गाँउपालिका-५ छाङ्पाटन निवासी बर्ष ४० का देव बहादुर थापा (गद्दु )को पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते म्याग्दे-५ का शिशिर राना बुधबार विहान उपचारपछि घर फर्किएका छन् । अन्य घाइतेहरु भने मंगलबार नै सामान्य उपचारपछि घर फर्किएका छन् ।

दुलेगौँडा-हर्कपुर मोटर मार्ग अन्र्तगत शुक्लागण्डकी-६ ब्यागनबाट दुलेगौँडा आउँदै गरेको ग १ ख ६८५३ नं को मिनिबस दुर्घट्नामा परेको थियो । दुर्घट्ना परी चालक सहित ६ जना घाइते भएका थिए । स ब्रेकफेल भएर दुर्घट्ना भएकोे प्रहरीले बताएको छ । बस सडकबाट २५ फिट तल खसेको थियो ।
बस खसेपछि सडक छेउमा भएका चिलाउनेका रुखहरुले अड्याएकाले ठुलो दुर्घटनाबाट जोगिएको स्थानिययको भनाई छ ।। साँघुरो कच्ची मोटर बाटोमा क्षमता भन्दा बढी यात्रु बोक्ने गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
(तनहुँका पत्रकार राजकुमार आलेको सहयोगमा)
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो