तनहुँ । तनहुँमा ९ जनासहित गण्डकीमा आज शुक्रबार नयाँ थप ३२ जना कोरोना संक्रमित थपिएका छन ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार बिहान ३२ जना संक्रमित थपिएका छन् ।
तनहुँमा ९ जना, नवलपुरमा १९ जना, पर्वतमा ३ र बागलुङमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हो ।
तनहुँको ऋषिङ गाउँपालिकाका ७ जना र भिमाद नगरपालिकाका २ जना गरि शुक्रबार तनहुँमा ९ जना नयाँ संक्रमित थपिएका हुन ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय ३७ जना पुगेको छ ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग