तनहुँ । तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आइतबार थपिएका मध्य व्यास नगरपालिकाका ६ वर्षीय बालक समेत रहेका छन ।
अर्का एक जना भने शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुष हुन । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १४० जना पुगेको छ ।
हिजो शनिबार मात्रै तनहुँकाे भिमाद नगरपालिकाका ३६ वर्षीय पुरुषमा काेराेना पुष्टि भएको थियो ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ४० जना पुगेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १७ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ९ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ६ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आइतबार नै बाग्लुङको गाउँपालिकाका २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ जना पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३ जना थपिएका हुन ।
सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सम्बन्धित खबर
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग