किरण श्रेष्ठ, तनहुँ । तनहुँमा आज आइतबार(असार २१ गते) एकै दिन ३२ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । उनीहरु तनहुँको व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा उपचारत रहेका थिए ।
दुई हप्तासम्म आइसोलेसनमा राखेर उपचार गरेपछि आइतबार साँझ उनीहरुलाई घर पठाइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् । भारतबाट फर्किएर पालिकाले बनाएका क्वरेटाईनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
निको हुनेहरुमा व्यास नगरपालिकाका ५ जना, म्याग्दे गाउँपालिकाका ६ जना, ऋषिङ गाउँपालिकाका १८ जना र भानु नगरपालिकाका ३ जना रहेका छन् ।
पछिल्लो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको सोतीले जानकारी दिए । योसँगै तनहुँमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६७ जना पुगेको छ ।
उक्त क्याम्पसको आइसोलेसनमा रहेका अन्य ६ जनाको भने दोश्रो रिपोर्ट पनि पोजेटिभ आएको सोतीले जानकारी दिए । उनिहरुलाई आइसोलेसनमै राखिने र केहि दिनपछि पुन: पीसीआर गरिने उनले बताए ।
जिल्लामा आइतबार(असार २१ गते) सम्म १ सय ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ४० जना पुगेको छ भने ६७ जना निको भएर घर फर्किएका छन् । जिल्लामा सबैभन्दा धेरै संक्रमित ऋषिङ गाउँपालिकामा रहेका छन् भने सबैभन्दा कम देवघाट गाउँपालिकामा रहेका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १७ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ९ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ६ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँको कुन स्थानिय तहका कति जनाले जिते कोरोना ?
तनहुँमा कोरोना जितेर घर फर्किनेको संख्या ६७ जना पुगेको छ । तनहुँको व्यास नगरपालिकाका ७ जना, भानु नगरपालिकाका ३ जना, शुक्लागण्डकी नगरपालिकाका ४ जना, ऋषिङ गाउँपालिकाका २४ जना, घिरिङ गाउँपालिकाका २२ जना, आँबुखैरेनी गाउँपालिकाका १ जना र म्याग्दे गाउँपालिका ६ जना गरी ६७ जनाले कोरोना जितेर निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग