मास्क बाड्दै तनहुँका सिडियो र प्रहरी प्रमुख सडकमा, मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्ने निर्देशन

मास्क बाड्दै तनहुँका सिडियो र प्रहरी प्रमुख सडकमा, मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्ने निर्देशन

Mask CDO Police2

तनहुँ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सचेतना जगाउन तनहुँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले मंगलबार दमाैली बजारमा मास्क बाडेका छन ।

काेरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाइ अनुरोध गर्दै प्रहरी सहितकाे टाेलीले मंगलबार बिहान दमाैली बजारमा मास्क वितरण गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय तनहुँकाे तर्फबाट १ सय र जिल्ला प्रहरी कार्यालय तनहुँकाे तर्फबाट १ सय गरी २ सय मास्क बजारमा वितरण गरिएकाे प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

दमाैलीकाे मेनचाेक, सफासडक, मालपोत लाइन लगायतका स्थानमा उक्त टाेलीले मास्क नलगाएका सर्वसाधारण एवं व्यापारीलाइ मास्क वितरण गरिएकाे थियो ।

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका जनाएको छ ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

तस्बिर : विकास खनाल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ