काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा.रोशन पोखरेल र सहप्रवक्ता डा.समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा.सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो ।
सहमतिसँगै अनशनरत युवाले अनशन तोडेका छन् । सहमतिअनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधिमात्र प्रयोग गरिने छ ।
विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड १९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएकोजस्ता कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको पिसिआर परीक्षण हुने छ ।
सहमतिअनुसार विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर निजको इच्छाअनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिनमा बस्ने वा राख्ने व्यवस्था गर्ने, क्वारेन्टाइन र होल्डिग सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा भएकालाई अनिवार्य पिसिआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनः स्थापना गर्ने गराउने व्यवस्था कार्यविधि र निर्देशिकामा यसै हप्ताभित्र समावेश गर्ने गरिने भएको छ ।
यस्तै सर्वोच्च अदालतको फैसला र आदेशबमोजिम परीक्षण तथा क्वारेन्टिनलगायतका विषयमा हाल जारी गरिएका निर्देशिका एवं मापदण्ड परिमार्जन गर्ने, कोभिड–१९ को खर्च सम्बन्धि विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सन्दर्भमा श्रम मन्त्रालय र अन्य विषयमा गृहमन्त्रालयलाई एक हप्ताभित्र लेखी पठाउने पनि सहमतिपत्रका उल्लेख गरिएको छ ।
सहमतिपत्र :


सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?