किरण श्रेष्ठ, तनहुँ । तनहुँमा आज बुधबार (असार २४ गते) ५ जना कोरोना संक्रमित उपचारपछि आइसोलेसनबाट डिस्चार्ज भएका छन् । उनीहरु मध्ये ४ जना शुक्लागण्डकी स्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा उपचारत थिए ।
त्यसैगरी बुधबार कोरोना जितेर निको हुनेमा शुक्लागण्डकी नगरपालिकाका २ जना, घिरिङ गाउँपालिकाका २ जना र ऑबुखैरेनी गाउँपालिकाका १ जना रहेका छ्न ।
दुई हप्तासम्म आइसोलेसनमा बसेपछि बुधबार उनीहरुलाई घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
त्यसैगरी सोमबार (असार २२ गते) कोरोना जितेर घर फर्किनेहरुमा व्यास नगरपालिकाका ३ जना, ऋषिङ गाउँपालिकाका ६ जना र भानु नगरपालिकाका २ जना र शुक्लागण्डकी नगरपालिकाका १ जना रहेका छन् । उनिहरु व्यास नगरपालिका व्यास-३ स्थित क्रियापुत्री भवनमा निर्माण गरेको आइसोलेसनमा रहेका थिए ।
उक्त आऐसोलेसन १६ बेड क्षमताको रहेको छ । पछिल्लो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको आइसोलेसनमा कार्यरत अहेव महेन्द्र गौतमले जानकारी दिए ।
त्यस्तै मंगलबार (असार २३ गते) कोरोना जितेर घर फर्किनेहरुमा बन्दिपुर गाउँपालिकाका ११ जना, भिमाद नगरपालिकाका ४ जना, आबुखैरेनी गाउँपालिकाका २ जना र व्यास नगरपालिकाका १ जना रहेका छन् ।
तनहुँमा आइतबार (असार २१ गते) एकै दिन ३० जना कोरोना संक्रमित र २ जना कुरुवा (१४ कोरोना संक्रमित बालिकाका बुबा र आमा) गरी ३२ जना आइसोलेसनबाट डिस्चार्ज भएका थिए ।
जिल्लामा बुधबार (असार २४ गते) सम्म १ सय ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये तनहुँमा कोरोना जित्नेको संख्या १०० जना पुगेको छ ।
तनहुँकाे आँबुखैरेनी गाउँपालिका काेराेनामुक्त बन्न सफल भएकाे छ । आँबुखैरेनीस्थित एक अस्पतालका काेराेना सङ्क्रमित चिकित्सक बुधबार(असार २४ गते) निकाे भएसँगै गाउँपालिका काेराेनामुक्त भएकाे हाे । आँबुखैरेनी गाउँपालिकाका ४ जनामा काेराेना सङ्क्रमण भएकाे थियाे ।
तनहुँको कुन स्थानिय तहका कति जनाले जिते कोरोना ?
तनहुँमा कोरोना जितेर घर फर्किनेको संख्या १०० जना पुगेको छ । तनहुँको व्यास नगरपालिकाका ९ जना, भानु नगरपालिकाका ५ जना, शुक्लागण्डकी नगरपालिकाका ७ जना, ऋषिङ गाउँपालिकाका ३० जना, घिरिङ गाउँपालिकाका २४ जना, आँबुखैरेनी गाउँपालिकाका ४ जना र म्याग्दे गाउँपालिका ६ जना, बन्दिपुर गाउँपालिकाका ११ जना र भिमाद नगरपालिकाका ४ जना गरी १०० जनाले कोरोना जितेर निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ४१ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १७ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ९ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ६ जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग