म्याग्दी जिल्लाको विभिन्न स्थानमा बाढी पहिरोमा पुरिएर बेपत्ता ३३ जनामध्ये १९ जनाको शव फेला परेको छ । १४ जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता भएकामध्ये तीन जनाको शव शुक्रबार नै फेला परेको थियो।
जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङमा २१ जना वेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । यस्तै, मालिका गाउँपालिका बिममा ९ जना हराइरहेकोमा ७ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ ।
त्यस्तै मालिका गाउँपालिकाकै वडा नं. ६ दुखु खोलामा बाढीले बगाएर बेपत्ता महिला अझै फेला परेकी छैनन् । बाढीले बगाएर बेपत्ता रघुगंगा ६ ठाडाखानीका ललिमान छन्त्यालको शव शुक्रबार नै फेला परेको थियो ।
यसैबीच, मराङमा पहिरो र बाढीमा परेर घाईते भएका मध्ये केहीलाई पोखरा ल्याइएको छ । पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो ।
उद्धारको लागि प्रभु एयर र नेपाली सेनाको हेलिकप्टर मराङमा पुगेको हो । शुक्रबार खराब मौसमका कारण उद्दार टोली र नेपाली सेनाको हेलिकप्टर मराङमा पुग्न सकेको थिएन ।
शनिबार बिहान दुई हेलिकप्टर राहतसंगै घाइतेको उद्धारका लागि मराङ पुगेको स्थानीयले जनाएका छन् । घाईते भएका तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी बेनी अस्पताल लगिएको बताइएको छ । मराङकी घाईते गर्भवति महिला र बालकलाई थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा ल्याइएको छ ।
मराङकी २२ वर्षिया गर्भवति मञ्जीला श्रीपाली र ७ बर्षिय सफल श्रीपालीलाई बेनी अस्पतालबाट रेफर गरी थप उपचारका लागि प्रभु एयर हेलिकप्टरमार्फत पोखरा मनिपाल अस्पताल ल्याइएको हो । घाइतेमध्ये ११ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ।

तस्विरः म्याग्दी अनलाइन
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो