मेलम्चीको सुरुङमा इन्जिनियरसहित दुई बेपत्ता, दुई घाइते

मेलम्चीको सुरुङमा इन्जिनियरसहित दुई बेपत्ता, दुई घाइते

melamchi

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको १७ नम्बर गेट भत्किँदा सिन्धुपाल्चोकमा एक इन्जिनियरसहित २ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजीकार्य जारी रहेपनि हालसम्म फेला नपरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले बेपत्तामा एक इन्जिनियर र एक चालक रहेको भन्दै खोलामा बगेर बेपत्ता भएका उनीहरुको खोजीकार्य जारी रहेपनि हालसम्म फेला पर्न नसकेको बताए ।

यस्तै घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । आयोजनाको सुरुङमा पठाइएको पानीको अवस्था हेर्नका लागि जाँदा एकाएक बाँधको १७ नम्बर गेट भन्किन पुगेको थियो । सो क्रममा एउटा गाडी समेत बगाएको छ ।

केही दिनअघि मात्रै मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ